कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।
आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।
घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।
पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।
स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द