१३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत !

मङ्लबार, भदौ १९, २०७५, । 

कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् ।

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् ।

मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो ।

हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनाइृ उद्धृत गर्दै उनले भने ।

उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् ।

नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनई छ ।,  अन्नपुर्णपोष्ट

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, भदौ १९, २०७५ (September 4, 2018, 9:05 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै