Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

प्रहरीको ‘उल्टो’ भूमिका :निर्मला हत्या प्रकरण

User Photo
बिहिबार, भदौ २८, २०७५

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो ।

तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ ।

किशोरी निर्मला पन्तलाई उनकी साथी रोशनी बमले घटना हुनु एक साताअघिदेखि नै डान्स सिक्न जान कर गरिरहेकी थिइन् । ‘साउनमा स्कुल वर्षेबिदा भएदेखि ऊ दिनहुँ आउँथी र जतिखेर पनि निर्मलालाई डान्स सिक्न पठाउनु न आन्टी भनेर कर गरिरहन्थी,’ आमा दुर्गादेवी पन्त भन्छिन्, ‘मैले हुँदैन, डान्स सिक्ने हाम्रो अवस्था पनि होइन र इच्छा पनि छैन भनेर टारेँ । तर उसले जिद्दी गरेको गर्‍यै गरेपछि अर्काकी छोरीलाई सम्झाइरहनुभन्दा आफ्नै छोरी नजाओस् भनेर निर्मलालाई दुई–चार चड्कन लगाएकी थिएँ ।’

त्यसको दुई दिनपछि साउन ९ गते आमा नभएका बेलामा रोशनी निर्मलालाई भेट्न उनको घर पुगिन् । गुजाराका लागि निर्मलाका बा घरदेखि अलि पर कञ्चनपुरकै भासी भन्ने ठाउँमा ठेलामा पानीपुरी बेच्थे । निर्मलाकी आमा पनि घरमै चटपटे बेच्ने गर्थिन् । आफू नभएका बेलामा आएकी रोशनीले उधारोमा चटपटे खाएको र ‘भोलि घरमा पैसा लिन आउनू’ भनेको कुरो पछि मात्रै आफ्नी अर्की छोरीबाट दुर्गादेवीले थाहा पाइन् ।

साउन १० गते बिहान ९ बजे दुर्गादेवीले निर्मला र अरू दुई छोरीसँगै खाना खाइन् । अनि निर्मलालाई होमवर्क गर्दै पसलमा बस्नु भनेर सामान लिन बजारतिर हिँडिन् । ‘दिउँसो १ बजे फर्केर आउँदा कान्छी छोरी मात्रै थिई, जेठी छिमेकीकोमा गएकी रहिछ,’ उनी भन्छिन्, ‘मैले निर्मला खोइ भनेर सोधें, उसले रोशनीकोमा गाइड बुक र अम्बा लिन जान्छु भनेर हिँडी भनी । निर्मला ११ बजे गएकी रहिछ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.