कैलालीको जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा एकजना किराना व्यापारीको बिहीबार राती हत्या भएको छ ।
३५ बर्षीय राम प्रसाद ओझाको किराना पसल भएकै घरमा हत्या भएको हो ।
मृतक ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
उनले प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
बिगत १० बर्षदेखी किराना ब्यबसाय गर्दै आएका ओझा भारु सटहीको समेत समेत काम गर्दै आएका थिए ।
तीज मनाउन गर्भवती श्रीमती माइती गएको बेला ओझाको हत्या भएको हो ।
स्थानीयले दिएको जानकारी अनुसार ओझा बिहीबार राती ११ बजेसम्म जोशिपुर बजारमा भएको नाच हेरेर घरतर्फ गएका थिए ।
उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द