Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

६० हजारमा चिया पसलमै बन्छ नागरिकताको प्रमाणपत्र

User Photo
बुधबार, अशोज १०, २०७५

सप्तरीबाट किर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला परेका छन् । ती तीनवटै रकम लिएर चिया पसल, होटेलका कोठामा बनाइएको खुलासा भएको छ ।

पछिल्लोपटक भारतीय नागरिकहरू मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको किर्ते नागरिकता फेला परेको हो ।


advertisement

सप्तरी जिल्ला ठेगाना देखाई किर्ते नागरिकता लिएका एक भारतीय नागरिकले ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् । केही दिनअघि सुनसरीको इटहरी प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सप्तरी पठाएको भारतीय नागरिक रवि रौनियारले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर राजविराजको नेताचोकस्थित चिया पसलमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको बयान दिए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.