केहि दिन अघिदेखि प्रदेश ५ भित्रका दुई जिल्लामा बेपत्ता दुई बालकहरु मध्ये एकजनाको मंगलवार कालिगण्डकी नदि किनारमा शव फेला परेको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन् । असोज २ गते विद्यायय समयपछि घर फर्किदै गरेका पाल्पा रामपुर नगरपालिका– ८, रानीवासका १६ वर्षीय शैलेन्द्र अर्याल बेपत्ता भएका थिए ।
उनको शव मंगलबार साँझ साविक नवलपरासीको बुलिङ्गटारस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी रमेश थापाले नदीमा डुबेको अवस्थामा उनको शव फेला परेपछि पाल्पा प्रहरीको जिम्मा लगाएको बताए ।
पाल्पाको आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा पढ्ने शैलेन्द्र साँझसम्म घर नफर्किएपछि परिवारजनले खोजतलास सुरु गरेका थिए । शैलेन्द्रको शव रामपुर अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाईएको र उनको मृत्युबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिँडेदेखि बेपत्ता भएका छन । तिलोत्तम–१ मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ वर्षीय बालक युनिस गिरी शनिवार बेपत्ता भएका हुन् । परिवारजन र रुपन्देही जिल्ला प्रहरी मातहतका प्रहरीहरुले दैनिक खोजताल गर्दा पनि उनी अझै फेला पर्न सकेका छैनन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार बेपत्ता बालकको खोजीका लागि परिवारजनले वडा कार्यालय रामनगरमा उजुरी दिएका छन् । बेपत्ता बालकको खोजी कार्य तीब्र पारिए पनि फेला पर्न सकेका छैनन् ।
गिरी सानै उमेरदेखि सोही वडाको चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए । शनिबार विहान ७ बजेतिर युनिस निलो जिन्स पाईन्ट, सेत धर्के सर्ट र चप्पल लगाएर ट्युशन पढ्न हिँडेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द