Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

काकाले गरे १० वर्षीय भतिजको हत्या

User Photo शुक्रबार, अशोज १२, २०७५

१५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो ।

बुधबार शव भेटिएपछि आशंकाको आधारमा नियन्त्रणमा लिएका उमेशले भतिजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार भैँसेभन्दा करिब १ किलोमिटरमाथि जंगलको खोल्सामा आधा पुरेर स्याउलाले छोपेका अवस्थामा शव भेटिएको थियो । बाबुआमासँगको रिसइबीका कारण उनले भतिजको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार उमेशले हत्या गरेको स्वीकार गरी प्रहरीसमक्ष यस्तो बयान दिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.