Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

काकाले गरे १० वर्षीय भतिजको हत्या

User Photo
शुक्रबार, अशोज १२, २०७५

१५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो ।

बुधबार शव भेटिएपछि आशंकाको आधारमा नियन्त्रणमा लिएका उमेशले भतिजको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार भैँसेभन्दा करिब १ किलोमिटरमाथि जंगलको खोल्सामा आधा पुरेर स्याउलाले छोपेका अवस्थामा शव भेटिएको थियो । बाबुआमासँगको रिसइबीका कारण उनले भतिजको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । स्रोतले दिएको जानकारीअनुसार उमेशले हत्या गरेको स्वीकार गरी प्रहरीसमक्ष यस्तो बयान दिएका छन् ।


advertisement


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.