Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

झुक्याएर जागिर खाने कर्मचारीबाट ७० लाख असुली

User Photo शुक्रबार, अशोज १२, २०७५

झुक्याएर सेवा अवधिभन्दा बढी जागिर खाएका दुई दर्जन कर्मचारीबाट सरकारले ७४ लाख ४२ हजार ८ सय ३० असुल गरेको छ । पहुँच र शक्तिको भरमा जागिर खानेलाई कारबाहीस्वरूप जरिवाना गर्दै पेन्सनपट्टा रोक्का गरिएको हो । निजामती किताबखानाले उनीहरूमाथि थप छानबिन थालिएको जानकारी दिएको छ । पछिल्लो ६ महिनायता अवधि सकिएपछि पनि जागिर गरिरहेका कर्मचारी कारबाहीमा परेका हुन् ।

किताबखानाले जागिर अवधि सकिएपछि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ताबापतको सबै रकम जफत गर्ने निर्णय गरेको हो । एकै कर्मचारीबाट १० लाख रुपैयाँसम्म जफत गएिको किताबखानाले जानकारी दिएको छ । सेवा निवृत्त भइसकेपछि पनि जागिर गरिरहेका कर्मचारीले गैरकानुनी रूपमा राज्यकोषबाट १ लाख देखि १० लाख रुपैया बुझेका छन् । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी छन् ।

सरकारी कार्यालयमा सेवानिवृत्त उमेरभन्दा सात वर्ष बढी समयसम्म पनि जागिर गरिरहेका कर्मचारी भेटिन थालेपछि कारबाही थालिएको किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । मुस्ताङका जिल्ला समन्वय समितिका नासु तेजबहादुर नेपालीबाट १० लाख ४६ हजार, अधिकृत श्याम मोहनलाल दासबाट ८ लाख ९५ हजार र सहसचिव होमनाथ थपलियाबाट ५ लाख ८९ हजार असुल गरिएको छ ।

भिजिलेन्स (गम्भीरतापुर्वक फाइल केलाउने ) अभियानका क्रममा कर्मचारीले गैरकानुनी रूपमा जागिर गरिरहेको पाइएको किताबखानाले जानकारी दिएको छ । ‘सरकारलाई झुक्याएर बढी सेवा अवधि जागिर खाने कर्मचारीलाई खोजी गरी कारबाही प्रक्रियामा ल्याइनेछ’, विभागका प्रवक्ता पराजुलीले भने । विगतमा किताबखानाकै कर्मचारीको मिलिमतोमा र विभिन्न राजनीतिक पहुँचका आधारमा सेवानिवृत्त भइसकेका कर्मचारीले सरकारलाई झुक्याएर बढी समय जागिर खाने प्रवृत्ति बढी थियो ।

किताबखानाले जागिर अवधि सकिने कर्मचारीलाई जागिर सक्ने अवधिअगावै पत्राचारमार्फत यसको जानकारी गराउने गरेको छ । तर आकर्षक र राम्रा निकायमा रहेका कर्मचारीले किताबखानाले पठाएको पत्रलाई गायब बनाएर बढी सेवा अवधिसम्म जागिर गर्दै आएको पाइएको प्रवक्ता पराजुलीको भनाइ छ ।

कुन कर्मचारीबाट कति असुली ?

–रामदत्त पन्त, नासु – ५ लाख १८ हजार

–इन्द्रदेव यादव, अधिकृत छैटाैँ) – ४ लाख ३८ हजार

–ज्ञानुप्रसाद ओझा, अधिकृत, सातौं – १ लाख १४ हजार

–हरिकृष्ण थापा, कार्यालय सहयोगी – ६ लाख २६ हजार

–श्याम मोहनलाल दास, जिल्ला वन अधिकृत – ८ लाख ९५ हजार

–रामतपेश्वर राय, नासु – ५ लाख ७२ हजार

–इयमार मिया तेली, कास – १ लाख १५ हजार

–बालकृष्ण सिग्देल, हल्कारा – ६ लाख ३९ हजार

–कुलबहादुर लामिछाने, खरिदार – ३४ हजार ४ सय

–मनसरा थापा, अधिकृत, छैटौं – ३ लाख २१ हजार

–महेशराज न्यौपाने, नासु – १ लाख ३४ हजार

–श्यामसुन्दर सिंह, नासु – १ लख १९ हजार

–रामनविना यादव, नासु – २ लाख ३४ हजार

–किरणकुमार बस्नेत, नासु – ६ लाख ९९ हजार

–ननुलाल चौधरी, नासु – ७ लाख ५१ हजार

–नरबहादुर चोखाल, कास – २ लाख ४३ हजार

–पञ्चकुमार नापित, कास – ३ लाख ४९ हजार

–देवदत्त बोहोरा, खरिदार – १ लाख ६३ हजार

–मोहम्मद इस्लाम, नासु –१ लाख ४५ हजार

–पुष्प महर्जन, कास – १ लाख ४८ हजार

–तेजबहादुर नेपाली, नासु – १० लाख ४६ हजार

–बलबहादुर थापा, नासु – ४ लाख ५० हजार

–होमनाथ थपलिया, सहसचिव – ५ लाख ८९ हजार


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.