आइतवार, अशोज १४, २०७५, ।
एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई यही असोज ८ गते साँझ छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको छ ।