Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

खुर्सिद अन्सारीको परिवारलाई १० लाखको चेक, गृहमन्त्रीले भने, ‘सात समुन्द्र पारी गएपनि अपराधी ल्याउँछौं’

User Photo आइतवार, अशोज १४, २०७५

सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीका परिवारलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

आईतबार सुनसरीको भुटाहा पुगेका गृहमन्त्री ‘बादल’ ले खुर्सिद पत्नी खातिजा खातुनलाई सरकारले घोषणा गरेको १० लाख मूल्य बराबरको चेक रकम र ‘शहिद’ को प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

‘देशलाई स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदलाई आक्रमण गरेका हुन्’ शहिदको प्रमाणपत्र तथा चेक हस्तान्तरण गर्दै गृहमन्त्री बादलले भने, ‘सात समुन्द्र पार भएपनि अपराधीलाई ल्याउँछौं ।’

स्थानीय रैयाब बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका अन्सारीलाई ११ दिनअघि सुनसरीको भुटाहामा भारतीय हतियारधारी समुहले गोली हानेर हत्या गरेका थिए ।

सुनसरीबाट फर्कने बेलामा गृहमन्त्री थापाले खुर्सिदका छोराछोरीलाई ‘राम्रोसँग पढ्नु है’ भन्दै विदा भएका थिए ।

खुर्सिद घट्नाको अनुसन्धान तथा छानविन गर्न भन्दै गृह मन्त्रालयले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किशोर दाहालको नेतृत्वमा उच्चस्तरिय समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी घट्नाबारे अनुसन्धान गरिरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.