काठमाडौं महानगरपालिकाको कार्यालय टेकूस्थित मिसिल शाखाका एक कर्मचारीलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
महानगरको मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्दवप्रसाद गिरीले सेवाग्राहीको फाईल खोज्न आनाकानी गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजलाई रू.५,०००। (पाचँहजार) घुसबापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको जनाएको छ।