Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

युवती बलत्कार गर्ने स्ववियु सभापतिलाई १० वर्ष जेल सजाय

User Photo
बिहिबार, अशोज १८, २०७५

युवती बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ।

क्षेत्रीसहित अन्य युवालाई २०७४ चैत १५ गते बागलुङको चैते दसैं मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी संघबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो। क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी ५ वर्ष र सांगठनिक अपराधमा संलग्न रहेको ठहर गरी ५ वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको हो।

क्षेत्रीसहित पक्राउ परेका २ बालकहरूको उमेर नपुगेका कारण एक जनालाई ५ वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ। अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.