यातायातका नायब सुब्बा घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय सुकेधराका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग सनुसन्धान आयोगको टोलीले नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार घुससहित पक्राउ गरेको हो।

पराजलुलीले लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी गराएका छन्।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, अशोज १९, २०७५ (October 5, 2018, 4:59 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै