Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

स्थानीयबीच झडप हुँदा आठ घाइते, तीनको अवस्था चिन्ताजनक

User Photo
शनिबार, कार्तिक २४, २०७५

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ स्थित भटौलीमा शुक्रबार राति साढे १० बजे स्थानीय दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उनीहरू देउसीकाे क्रममा मदिरा पिएर झडप गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार खेमबहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी, सोममाया माझी र पूर्णबहादुर माझी घाइते भएका छन्।

घाइतेमध्ये पूर्णबहादुर, सोममाया र अर्का एकको काठमाडौंस्थित नर्भीक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु तीनै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

झडपमा संलग्न केही घटनापछि फरार छन् । बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई भने प्रहरीले शनिबार पक्राउ गरेको हाे । प्रहरीका अनुसार अघिल्लो वर्षको झगडाको विषय यसपटक तिहारमा फेरि ब्यूँतिएपछि झडप भएको हाे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.