मन्थली । रामेछापको मन्थली नगरपालिका–७ स्थित भटौलीमा शुक्रबार राति साढे १० बजे स्थानीय दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उनीहरू देउसीकाे क्रममा मदिरा पिएर झडप गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार खेमबहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी, सोममाया माझी र पूर्णबहादुर माझी घाइते भएका छन्।
घाइतेमध्ये पूर्णबहादुर, सोममाया र अर्का एकको काठमाडौंस्थित नर्भीक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु तीनै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।
झडपमा संलग्न केही घटनापछि फरार छन् । बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई भने प्रहरीले शनिबार पक्राउ गरेको हाे । प्रहरीका अनुसार अघिल्लो वर्षको झगडाको विषय यसपटक तिहारमा फेरि ब्यूँतिएपछि झडप भएको हाे।