Naya Media
बुधबार, फाल्गुन ६, २०८२
| | February 18, 2026
बुधबार, फाल्गुन ६, २०८२

अख्तियार पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

User Photo बिहिबार, फाल्गुन ९, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ ।

अख्तियारको मागअनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण आयोगमा पठाइसकेको छ। इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन् ।

घुस बुझाउनेलगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ। इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विषयमा न्यौपाने र दीपक भट्टराईको समूहबीच विवाद भएको थियो ।

१० करोड रुपैयाँ बाँड्ने विषयमा विवाद भएपछि भट्टराई समूहले जिल्ला प्रशासन कार्यालय, संसद्को शिक्षा, स्वास्थ्य समिति र अख्तियारमा उजुरी दिएको थियो। सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन, संसदीय समिति र अख्तियारमा उजुरी परेपछि छानबिन रोक्न न्यौपाने समूहले आयुक्त पाठकलाई घुस दिएको थियो ।

शिक्षा मन्त्रालयले पनि उक्त कलेजमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ । शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले शिक्षा स्वास्थ्य समितिको निर्देशनअनुसार कलेजको सञ्चालन मोडालिटी र आर्थिक अनियमितताको विषयमा छानबिन गरिएको बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.