Naya Media
आइतवार, असार २८, २०८३
| | July 11, 2026
आइतवार, असार २८, २०८३

एसईई प्रश्नपत्र लिक प्रकरणः पक्राउ परेका ६ जना सार्वजनिक

User Photo बिहिबार, चैत्र २१, २०७५

काठमाडौं । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।

पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिी दाइ विष्णदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वज्जनिक भएको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.