Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

बदेल मार्न थापेकाे पासाेमा आफ्नै साथी परेपछी शव गाडन खाेज्ने पाँच पक्राउ

संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरे

User Photo बुधबार, बैशाख ११, २०७६

बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तिलोत्तमा नगरपालिका११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकामा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार गत वैशाख १ गते राति गौतमसहित स्थानीय ५–६ जनाको समुह गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न हिंडेका थिए । तर गौतम हराएपछि परिवार र प्रहरीले खोजतलास गर्दै जाँदा बँदेललाई मार्न राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए ।

विद्युतीय धरापमा परी गौतमको वैशाख १ गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा जंगलमा रगतको दाग देखिएको र गौतमसंगै गएका युवाहरुलाई सोधपुछ गर्दै जाँदा गौतमको विद्युतीय धरापमा परी मृत्यु भएको पछि २ गते राति जंगलमा खाडल खनी पुरेको स्वीकार गरेका मल्लले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेकोे जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरुसंगको सोधपुछ पछि बुधवार विहान मृतकको शव उत्खनन् गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले बताए । गौतमको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको मल्लले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.