Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

रिनाको अन्त्येष्टि, संघर्ष समितिले रोक्न खोज्दा परिवारले मानेन

‘आन्दोलनमा परिवारबाट असहयोग’

User Photo सोमवार, बैशाख १६, २०७६
काठमाण्डाै ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ ।

रिनाको शव भेटिएको नौ दिनपछि आइतबार आफन्तले दाहसंस्कार गरेपछि कबिता पराजुली संयोजकत्वको संघर्ष समिति विघटन गरिएको हो ।

स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्दै आएकी रिनाको शव गत शनिवार नग्न अवस्थामा फेला परेको थियो । स्थानीयबासीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले भने घरको छतबाट खसेर मृत्यु भएको बताउँदै आएको छ ।

शव भेटिएको नौ दिनपछि आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा अन्त्येष्टि गरेका छन् । ‘हामीले रिनाको न्यायका लागि आन्दोलन गर्दा उहाँको परिवारबाट सहयोग भएन,’ संघर्ष समिति संयोजक पराजुलीले भनिन्, ‘परिवारको सहयोग नपाएपछि संघर्ष समिति विघटन गरियो ।’

आइतबार दाहसंस्कारमा संघर्ष समिति सहभागि भएन । न्यायका लागि प्रहरीलाई दवाव दिन केही दिन शवको अन्त्येष्टि नगर्न दवाव दिँदै आएको संघर्ष समितिले आफूहरुसँग सल्लाह नगरी अन्त्येष्टि गरिएको भन्दै सहभागी नभएको हो ।

रिना मृत्यु प्रकरणः बस्नेतलाई बारम्बार फोन गर्ने को थिए ?

दाहसंस्कार गर्ने खबर पाएपछि संघर्ष समिति रोक्नका लागि शनिवार राति नौ बजे रिनाको माइती पक्ष मधुमल्ला पुगेको थियो । समितिका सदस्य पुग्दा रिनाको माइती पक्षले ढोका नखोली प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी पुग्दा संघर्ष समिति फर्किइसकेको थियो ।

दाहसंस्कारको विषयमा बुझ्न माइती पक्ष गएको टोलीलाई रिनाकी आमाले घरपक्षको निर्णय मान्ने बताएपछि फर्किएको संघर्ष समिति संयोजक पराजुलीले बताइन् ।

दाहसंस्कार नगर्न संघर्ष समितिको एउटा टोली रिनाको घर पक्षलाई भेट्न आएको थियो । घर पक्षले नमानेपछि माइती पक्ष पुगेको टोलीसँग आफन्तले दाहसंस्कार गर्ने अडान लिएपछि संघर्ष समिति दाहसंस्कारमा पनि सहभागि भएन ।

१४ वर्षीय छोरासहित डेरामा बस्दै आएकी रिनाको बलात्कारपछि हत्या भएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए । शव भेटिएपछि आक्रोशित स्थानीयले आन्दोलन गर्दा सोमबार र मंगलबार पथरी बजार अशान्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए ।

प्रहरीले डेरा बसेको घरको तीन तला माथिबाट खसेर रिनाको मृत्यु भएको अनुसन्धानले देखाएको बताउँदै आएको छ ।

पोस्टमार्टम रिपोर्टले पनि छातीभित्र र टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको देखाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरेको कुरा पोस्टमार्टम रिपोर्टले देखाउँदैन । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.