Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

आफ्नै छातीमा गोली प्रहार

User Photo शनिबार, बैशाख २८, २०७६
विराटनगर ।

विराटनगर । मोरङको कटहरीमा एक युवकले आफैंलाई पेस्तोल प्रहार गरेका छन्। मोरङ कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन्।

शुक्रबार राति ९ बजे घरमा कोही नभएको समयमा उनले आफ्नै छातीमा पेस्तोल प्रहार गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

पेस्तोल प्रहारबाट घाइते रुपेश आफैंले घाइते अवस्थामा प्रहरीलाई फोन गरेर जानकारी गराएको डिएसपी श्रेष्ठको भनाइ छ। दिदीको घरमा रुपेश र उनका भाइ बस्दै आएका थिए। भाइ शुक्रबार आफन्तको विवाहमा गएको समयमा उनले आफैलाई पेस्तोल प्रहार गरेको प्रहरीले अनुमान गरेको छ।

खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले रुपेशलाई घस्रिन्दै गरेको अवस्थामा घर नजिकै फेला पारी उद्धार गरेको थियो। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर छ।

घटना स्थलबाट प्रहरीले एउटा पेस्तोल फेला परेको डिएसपी श्रेष्ठले बताए। आफैंले पेस्तोल प्रहार गरेको र घटनाका विषयमा उनैले जानकारी दिएकाले घटनामा अन्यको सहभागिता नभएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनले किन गोली प्रहार गरे र पेस्तोल कहाँबाट उनको हातमा पर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.