Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

किशोरीको घाँटी रेटेर हत्या

सडकको मूनि शव फेला

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

काठमाडौं । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए ।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ । ‘हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ ।

किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.