Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

बन्दूकधारीद्वारा आक्रमण, १९ व्यक्तिको मृत्यु

माझीहरूमाथि आक्रमण

User Photo सोमवार, जेष्ठ ६, २०७६
काठमाण्डाै ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् ।

बुधबार स्थानीय माछा बजारमा भएको उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन तर आइतुरी प्रान्त वरपरको क्षेत्रमा यस अघि हेमा तथा लेन्दु समुदायका लडाकुबीच हिंसात्मक गतिविधि हुने गरेकाले यसमा पनि उनीहरूमध्ये एक (लेन्दु) लडाकूको सम्लग्नता रहेको हुनसक्ने स्थानीय अधिकारीले बताएका छन् ।समुदायका एक स्थानीय राजनीतिकर्मी पिलो मुलिन्दोले भने, “आक्रमणपछि लेक अल्बर्टको तारा गाउँमा १९ जनाको मृत शरीर भेटिएको छ भने अन्य आठ जना घाइते अवस्थामा भेटिएका छन् ।” उनका अनुसार घाइतेमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।

शसस्त्र बन्दूकधारीको समूहले माछा लिएर बजारतर्फ जान लागेका समय आक्रमण गरेका बताइएको छ । उक्त स्थानमा अहिले राष्ट्रसंघीय सुरक्षा नियोगबाट खटिएका शान्ति सेना पठाउने तयारी भइरहेको बताइएको छ । उक्त स्थानमा गत बर्ष दुई समुदायबीच भएको झडपमा कम्तीमा १०० जनाको मृत्यु भएको थियो ।

लेक अल्बर्टको पारीपट्टी युगाण्डाको जमिनमा सो क्षेत्रबाट विस्थापित भएका करिब तीन लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । माछा मार्न युगाण्डा क्षेत्रमा पुग्ने गरेको भन्दै कतिपय अवस्थामा युगाण्डाको तर्फबाट पनि माझीहरूमाथि आक्रमण हुने गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.