Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

मिक्लाजुङ हत्याकाण्डः एकजनाको मात्रै संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान

प्रहरी भन्छ, अर्को वडामा आत्महत्या गरिएका युवकको संलग्नता हुन सक्छ

User Photo मङ्लबार, जेष्ठ ७, २०७६
काठमाण्डाै ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको ज्यान जाने गरि भएको हत्याकाण्डमा एकजनाको मात्रै संलग्नता रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटनामा बाँच्न सफल भएकी बालिकाले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानमा एकजनाको मात्रै संलग्नता रहेको हुन सक्ने आँकलनमा आफूहरु पुगेको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले देश सञ्चारलाई जानकारी दिए ।

उनले भनेका छन्, ‘अहिले हाम्रो अनुसन्धान एकजना मात्रै संलग्न रहेको भन्ने मान्यतामा आधारित रहेको छ । घटना भएकै गाउँपालिकाको अर्को वडामा आत्महत्या गरिएका युवकको संलग्नता हत्यामा रहेको हुन सक्ने अनुमान छ ।’

मिक्लाजुङ–७ मा एक युवकको शव झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । प्रहरी नायब उपरीक्षक कुँवरले आफूहरु हत्या भएको ठाउँबाट अनुसन्धानका लागि युवकको शव रहेको ठाउँमा जाँदै गरेको बताएका छन् ।

तर फोरेन्सिक रिपोर्ट नआएकाले यकिन गरेर घटनामा यति जनाकै संलग्नता थियो भन्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.