Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

रहस्यमय विभत्स मिक्लाजुङ हत्याकाण्ड- चार दिन अघि पनि भेटीएकाे थियाे खानामा सिसा

घटना झन संकास्पद बन्दै, किन र कस्काे थियाे परिवार नै सिध्याउने याेजना ?

User Photo मङ्लबार, जेष्ठ ७, २०७६
काठमाण्डाै ।

दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरको मिक्लाजुङका बासिन्दा शोक र त्रासमा छन् । प्रहरीसहितको टोली घटनास्थल पुगेको छ भने जिल्ला सदरमुकामबाट प्रहरीको टोली पनि जाँदै छन् ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहितको टोली घटनास्थलतर्फ जाँदैछ । प्रमुख जिल्ला अधिकारीको टोलीमा सुरक्षा निकायका अधिकारी र डाक्टरहरु छन् । घटना भएका घरलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

घटनाबारे अहिले नै केही भन्न सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताएका छन् । हत्या भएका धनराज शेर्माको घरमा केही दिनअघि नुनमा सिसा मिसाएको घटना सार्वजनिक भएको थियो ।

प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार चार दिनअघि गाउँमा तालिम दिनका लागि गएको टोली शेर्माको घरमा बसेको थियो र उनीहरुलाई बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसा मिसिएको थियो ।

जसका कारण खाना खाएकाहरु बिरामी परेका थिए । तर सो दिन शेर्माका सन्तानले पनि सोही खाना खाएकाले हत्या र सो घटनाबिच सम्बन्ध रहेको भन्न सकिने अवस्था नदेखिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । तर नुनमा सिसा मिसिएर बिरामी परेको घटना र त्यसको चार दिनपछि परिवारकै हत्या भएको घटनाले गर्दा आशंका भने बढेको घटनास्थल जाँदै गरेका प्रजिअ वस्तीले बताएका छन् ।

यसैबिच भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.