Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

१३ हजार पैसा र एक थान मोवाइलकै लागी साथीकाे हत्या, चार जना पक्राउ

मृतककै मोटरसाइकलमा ३ जना चढेर आए र जंगलमा ढुंगाले हानेर हत्या गरी फरार

User Photo बुधबार, जेष्ठ ८, २०७६
काठमाण्डाै ।

दुई दिनअघि मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथीहरुले गरेको खुलेको छ । होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एक थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।

आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो ।

मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्काेलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो । विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

राजु र रमेश घटनाका मुख्य योजनाकार भएका प्रहरीको भनाइ छ । मोटरसाइकलमा ल्याएर ढुंगाहान्ने र जंगलमा फाल्ने काममा दोषी देखिएका छन् । गोपाल र बसन्तले आचार्यको शव कहाँ फाल्ने भन्ने योजना बनाएका हुन् ।

आचार्यको हत्यापछि मोटरसाइकललाई बाणगंगा १ मा रहेको खायरखानी जंगलमा लगेर चारै जना भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.