Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

श्रीमानले श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटे,प्रेमीको चक्कु घोपेर हत्या

दुई श्रीमानबाट उनका तीन सन्तान

User Photo शुक्रबार, जेष्ठ १७, २०७६
काठमाण्डाै ।

भारतको मध्यप्रदेशको इन्दौर शहरमा एक श्रीमानले श्रीमतीको प्रेमीको हत्या गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार श्रीमान् नाइट ड्युटी गरेर घर फर्किँदा श्रीमतीलाई उनका प्रेमीसँग आपत्तिजनक स्थितीमा भेटेका थिए । निकै विवादपछि श्रीमानले श्रीमतीको प्रेमीको चक्कु घोपेर हत्या गरिएको स्रोतले बताएको छ । खबर अनुसार श्रीमानले श्रीमतीमाथि पनि हमला गरेको तर छिमेकी ब्यूँझिएपछि उनी बाँच्न सफल भइन् ।

घटना इन्दौर शहरको शीतल नगर इलाकाको हो जहाँ शेखर बघेल आफ्नी श्रीमती गीता यादवसँग बस्दथे । उनी बाणगंगामा रहेको एक कारखानामा नाइट सिफ्ट गर्दथे ।

शेखर गीताका तेस्रो श्रीमान् हुन् । अघिल्ला दुई श्रीमानबाट उनका तीन सन्तान छन् । खबर अनुसार ६ महिनाअघि गीताको गोबिन्द इलाकामा बस्ने २७ वर्षका राकेशसँग प्रेम बसेको थियो ।

गीताको भनाई उद्धृत गर्दै पुलिसले भनेको छ, ‘शेखर बघेल बुधबार राती काममा जानेबित्तिकै गीताले आफ्ना प्रेमी राकेशलाई घरमा बोलाए । शेखर राती करिब साढे तीन बजे घर फर्किँदा घरमा राकेश र श्रीमतीलाई सँगै देखे । यो देखेर सुरुमा शेखरले गीता र उनका प्रेमी रोकेशलाई सम्झाए ।’

‘तर कुरा नमिलेपछि उनले एकाएक चक्कु ल्याए र राकेशमाथि हमला गरे । उनले राकेशमाथि तीन–चार पटक हमला गरे ।’

पुलिस अधिकारी इन्द्रमणी पटेलले दिएको जानकारी अनुसार शेखर आफू श्रीमतीमाथि चक्कु हमला गर्न चाहन्थे तर उनी यसरी चिच्याइन् कि छिमेकी ब्यूँझिए जसका कारण उनको ज्यान बच्यो ।

शेखरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.