Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

‘दरवार हत्याकाण्ड’ का १८ बर्ष- तत्कालिन प्रधानमन्त्रीले ‘ग्राण्ड डिजाइन’ भनेकाे घटनाकाे डिजाइनर काे ?

User Photo आइतवार, जेष्ठ १९, २०७६
काठमाण्डाै ।

२०५८ साल जेठ १९ गते । अर्थात १९ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै छ ।‘दरवार हत्याकाण्ड’ का रुपमा परिचित यो घटना भएको आज १८ वर्ष पूरा भएर १९ वर्ष लागेको छ ।

घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई अझै पनि ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डिजाइन’को संज्ञा नै दिएका थिए । तर त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै रहस्यकै गर्भमा लुकेको छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।

समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ।

यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर, हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेका छैनन् । लेखक कृष्ण अविरलको ‘रक्तकुण्ड’, तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ लगायतले दरवार हत्याकाण्डका बारेमा पुस्तक लेखेर दोषी चित्रण गरिएपनि सर्वसाधारणले भने अझै पत्याउन सकिरहेका छैनन् । हत्या काण्डपछि राजा ज्ञानेन्द्र झण्डै ४ बर्ष कार्यकारी अधिकारसहितको राजा बनेपनि उक्त घट्नाको सत्यतथ्य बाहिर नल्याएको भन्दै सर्वसाधारणले उनीमाथि समेत औँलो ठड्याउने गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.