Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

१३ वर्षीय किशाेर द्वारा पाँच वर्षीया बालिका बलात्कृत

User Photo शुक्रबार, जेष्ठ ३१, २०७६
सप्तरी ।

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन । चिकित्सकले बालिकाको स्वास्थ्य परीक्षण गरेपछि बालिका बलात्कृत भएको तथ्य खुलेको हो । चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए ।

बलात्कृत बालिकाको परिवारले किशोरविरुद्ध उजुरी गरेका छन् । उजुरीपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.