Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

प्रेमीसँग मिलेर छाेरी द्वारा घाँटी रेटेर आमाको हत्या

User Photo सोमवार, असार १६, २०७६
काठमाण्डाै ।

भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन्।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी-ज्वाइँको घरमा बस्दै आएकी थिइन्। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो।

प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रहिश र भोला कुमार थिए।

हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन्। उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.