मुगु जिल्लाको खत्याड गाउँपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ।मंगलबार राति गाउँपालिकाको कार्यालय अगाडी राखिएको शंकास्पद वस्तु प्रहरीले घेरा हालेको र कसैलाई आवतजावत गर्न दिइएको छैन। शंकास्पद वस्तु विप्लव समूहले राखेको हुनसक्ने आशंका गरिएको छ।
सोमबार राति गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दीमा संलग्न रहेको भन्दै प्रहरीले २ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरिसकेको छ।
उक्त शंकास्पद वस्तुलाई डिस्पोजलका लागि जुम्लामा खबर गरेको खत्याड गाउँपालिकाका नन्दबहादुर कार्कीले जानकारी दिए। शंकास्पद वस्तु टेपले बेरेर राखिएको छ। उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको छ।
