प्रदेश सभाका नेकपा प्रमुख सचेतक तथा नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आक्रमण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो ।
सैनामैना- ७ रामपुर कलौनीमा रहेको उहाँको घरमा पत्नी, बाबा-आमालगायत हुनुहुन्छ । उहाँ सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ ।
पाँच बम प्रहार भएकाेमा २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।
