Naya Media
आइतवार, असार २८, २०८३
| | July 11, 2026
आइतवार, असार २८, २०८३

बिहे गर्छु भन्दै १५ वर्षीया बालिकामाथि यौनशोषण गर्ने पक्राउ

User Photo बुधबार, भदौ ११, २०७६
काठमाण्डाै ।

काठमाडौँ । घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौँ महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का रहेका छन् ।

खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौँमा विभिन्न स्थानमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए ।

पीडित पक्षले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटकले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एक दिन कैदको सजाय सुनाएको थियो ।

तर, उनी त्यसयता फरार रहँदै आएका थिए ।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले खड्कालाई गत भदौ ८ गते काठमाडौँको क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.