Naya Media
सोमवार, साउन ४, २०८३
| | July 19, 2026
सोमवार, साउन ४, २०८३

दुई समूहबीच ग्याङफाइट, राईको मृत्यु

कपनमा दुई समूहबीच ग्याङफाइट

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

काठमाडौं । कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । ग्याङ फाइटमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो ।

मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो ।

राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले  जानकारी दिए ।

सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्रेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.