Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सुन लुटेरा समूहका ‘गोरे’ सहित ९ जना पक्राउ

विप्लव समूह छाडेर लुटपाटमा सक्रिय

User Photo आइतवार, भदौ २२, २०७६
काठमाण्डाै ।

काठमाडौं । प्रहरीले अवैधरुपमा केरुङ नाका हुँदै आउने सुन लुटपाटका साथै विभिन्न अवैध गतिविधिमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘गोरे’ भनिने योर्साङ लामा समेत रहेका छन् । प्रतिबन्धित विप्लव समूहमा लागेका उनी केही महिनामात्रै सो समूह परित्याग गरेर लुटपाटको धन्दामा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीसमक्ष उनले आफू विप्लव समूहमा लागेको तर केही अघिमात्रै सो समूह परित्याग गरेको बयान दिएका छन् । रसुवा छोदिम्बु गाउँपालिका–४ का घर भइ हाल स्वयम्भू बस्दै आएका लामा पक्राउ परेका समूहका नाइके भएको प्रहरीको दाबी छ।

उनको नेतृत्वमा लुटपाटको घटना हुँदै आएकोमा पछिल्लाे दिनमा सुन लुटपाटको योजना बन्दै गरेको सूचनाको आधारमा प्रहरी शनिबार साँझ काठमाडौंको बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरु अन्यमा काठमाडौं नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर भई जगरंखु बस्ने राम बहादुर तामाङ, सोही ठाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका–७ का पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ का कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका–१० का धर्मराज तामाङ रहेका छन् ।

यसैगरी नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका–५ का बिजय तामाङ, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका–५ का युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका–६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २८ वर्षीय राजन तामाङ पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो बरामद गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.