Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेकपाका नेताको स्कारपियोमा आगजनी

User Photo मङ्लबार, भदौ २४, २०७६
कैलाली ।

कैलाली । कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।

गएराति करिब १२ बजेको समयमा अज्ञात समुहले जोशीको घर अगाडि पार्किङ गरी राखेको स्कारपियोमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगजनीवाट स्कारपियोको अगाडीको भाग जलेर क्षति भएको बस्नेतले जानकारी दिए ।

स्कारपियो आगजनी भउको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने बस्नेतले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.