Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अश्लील म्यासेजले लियो किशोरीको ज्यान

आमाबुबा सतर्क रहनुहोस् !

User Photo बिहिबार, भदौ २६, २०७६
काठमाण्डाै ।

सामाजिक सञ्जाल सुसूचित गराउन जति फाइदाजनक छ त्यति नै यसका बेफाइदा पनि । मानिसको भित्र लुकेको प्रतिभा उजागर गर्नको लागि सामाजिक सञ्जालले सकारात्मक भूमिका पनि खेलेको पाइन्छ तर यसको गतल प्रयोगले जीन्दगीमा तनावबाहेक केही हुँदैन ।

सामाजिक सञ्जालमा हुने भिडिया कल, अडियो कल र म्यासेज गर्दा के गर्न हुने र के गर्न नहुने भन्ने जान्दाजान्दै र नजानेर आजभोलि थुप्रै युवायुवती यसको लतमा फसेका मात्र छैनन् अनेक प्रकारका घटनाहरु पनि घट्न थालेका छन् ।

यसैबीच, भारतमा केहि युवाहरुको लगातारको अश्लील म्यासेजले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी छिन् ।

राजस्थानकी श्री गंगानगर जिल्लामा सामाजिक सञ्जालमा आएको अश्लिल म्यासेसले दिक्क भएर एक किशोरीले आत्महत्या गरेकी हुन् । केहि युवाहरुले लगातार उनलाई अश्लिल म्यासेज पठाएका थिए । यति मात्र होइन ती युवतीको विषयमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने किसिमका कुराहरु पनि फैलाइएको थियो । जसबाट पीडित युवतीले आत्महत्याको बाटो रोजिन् । पुलिसले ती युवाहरुको विरुद्ध उजूरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

पढाईमा मेधावी ति युवती गंगानगरमा बीएससी प्रथम वर्षमा अध्ययनरत थिइन् । उनी वैज्ञानिक बन्न चाहान्थिन् । उनी पढाइमा उनका केटा साथीहरुभन्दा निकै अगाडि आउथिन् ।

केहि दिन अगाडि उनी घर आएकी थिइन् । उनले आफ्ना पितालाई यसबारे जानकारी गराएकी थिइन् । उनका पिताले ती युवाहरुलाई फोन गरेर त्यसो नगर्न सम्झाएका पनि थिए । त्यसपछि ति युवाहरुले युवतीको फोन नम्बर ब्लक गरिदिएका थिए । तर उनी फर्केपछि पुनः अश्लिल म्यासेज आउन थालेको प्रहरीले पत्ता लगाएको छ ।

यस्तो परिस्थितीमा किशोरकिशोरीका आमाबुबाले आफ्ना छोराछोरीलाई साथ र हिम्मत दिनुपर्छ । यस्ता परिस्थिती सिर्जना भएको अवस्थामा हरेक युवायुवतीले आफूलाई बुझ्न सक्ने आफन्तलाई समस्या सुनाउनुपर्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.