Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

विप्लव समूहले गर्‍यो वडा कार्यालय र गाडीमा आगजानी

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार रातिको समयमा वडाअध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथ वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा विप्लव समूहको नेकपाको सातबुँदे मागसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशु चौपायाको व्यवस्थापन नगरिएकोर सडक पूर्वाधारलगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी भइरहेको जनाएको छ । त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकानगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका-७ का वडाध्यक्ष समेत रहेका सिंहको बा२१च ८५०७नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका-५ वन समितिस्थित डेरामा पार्किङ्ग गरी राखिएको अवस्थामा बिहीबार राति करिब १ बजेतिर आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.