Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

पाँच लाखका लागी लखेटेर गाेली हानी हत्या

काठमाण्डाै ।

दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटे ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए ।

पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई पछाडि बस्नेले सर्ट तानेर कुर्मीको मोटरसाइकल लडाएका थिए र उनीहरु लडेपछि आफ्नो मोटरसाइकल रोकी गोली हानेको मृतककी पत्नीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading