Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र

दर्शनार्थी नै ग्राहक

User Photo बुधबार, अशोज १, २०७६
काठमाण्डाै ।

काठमाडौं । कलकत्ताकी सीताकुमारी दास (१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो। जुन सीताले सपनामा पनि सोचेकी थिइनन्।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए। उनी एक्लै भइन। कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन। ‘म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ। केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें’, सीता भन्छिन्, ‘अनि मलाई थाहा भो। यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन्।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो। एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन्। त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन्। ‘म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ’, उनी थप्छिन्, ‘यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु।’

देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन्। उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन्। सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो। उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ। खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ। धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ।

यहाँ यौन व्यापार गर्ने यौनकर्मीले पशुपति क्षेत्रलाई भारतको मुम्बईस्थित चर्चित रेडलाइट एरिया ‘कमाठीपुरा’ सँग जोड्ने गरेका छन्। काठमाडौंस्थित भारतीय यौनकर्मीका लागि चर्चित ठाउँ बनेको छ पशुपति क्षेत्र। ‘पशुपति जस्तो धार्मिक क्षेत्रमा यौन व्यवसाय चलिरहेको छ भन्ने त थाहा नै थियो तर यति खतरनाक रुपमा मौलाइरहेको छ भन्ने कुरा हामीलाई थाहा थिएन’, माइती नेपालकी कानुन अधिकृत उमा तामाङ भन्छिन्।

उद्धार गरिएका महिलाले ग्राहक खोज्‍न पशुपति क्षेत्र सजिलो हुने भएकाले यही क्षेत्रलाई आफ्नो व्यवसायिक अखडा बनाउँदै आएको बताउँछन्। वर्ष २५ की रिताकुमारीले श्रीमानको मानसिक सन्तुलन गुमेपछि सन्तान हुर्काउन र दैनिक गुजारा चलाउन आफू यो पेसामा लागेको बताइन्।

ग्राहक खोजीदिने काममा पनि केही प्रौढ महिला सक्रिय छन्। ‘उनीहरु आफै ग्राहकसँग जाँदैनन् तर ग्राहक खोजेर ल्याइदिन्छन्। हामी उनीहरुलाई केही कमिशन दिन्छौं, रिता भन्‍छिन्। पशुपति क्षेत्रमा यौन व्यवसाय चलाउनेले नै प्रत्येक महिना आफूहरुको रगत परीक्षण गर्ने गरेको उद्दार भएका महिलाहरु बताउँछन्।

पशुपति क्षेत्रमा चलिरहेको देह व्यापारका ग्राहकमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुने गरेको तथ्यसमेत खुलेको छ। यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन्। होटेलमा दलाल जाने गरेको र त्यहाँ रकम निश्‍चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिला बताउँछन्। कतिपय केटीले ग्राहकसँग डिल गर्दा होटेलको व्यवस्थासमेत आफै गर्ने भनेर बढी रकम लिने गरेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.