Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

लागुऔषधसहित ३ जना पक्राउ

User Photo बुधबार, अशोज १, २०७६
काठमाण्डाै ।

काठमाडौं। छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाका अनुसार बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसबाट झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई लागूऔषध खैरो हेरोईन ३०.९० ग्रामसहित पक्राउ गरिएको हो ।

त्यस्तै धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ का २६ वर्षीय आशिष श्रेष्ठलाई लागुऔषध डाइजेल्याब –९ एम्पल, लुपिजेसिक–९ एम्पल र फेनिरामाईन–९ एम्पल गरी २७ एम्पल र ५ थान सिरिन्जसहित नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।

आषिश श्रेष्ठले ल्याएको लागूऔषध सुनसरीस्थित धरान उपमहानगरपालीका–१५ का प्रकाश तामाङले मगाएको देखिएको पनि प्रहरीको दाबी छ । नागढुंगामा पक्राउ परेका आषिशलाई साथमा लिएर प्रहरीले तामाङको खोजतलास गरेको थियो । सोही आधारमा प्रहरीले तामाङलाई कलंकीमा श्रेष्ठलाई कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका तिनैजना विरूद्व लागु औषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको थानकोट प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.