दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीकाे अपहरण

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका
आइतवार, पुस ६, २०७६, काठमाण्डाै । 

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिए ।

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ, यद्यपि खुलेको छैन । सहायक प्रजिअ क्षेत्रीले अनलाइनखबरसँग भने, ‘कसले अपहरण गर्‍यो, कता लग्यो भन्ने खुलेको छैन, अपहरणको सूचना पाएपछि बुझ्दै छौं ।’

यसअघि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेका थिए ।

गाउँपालिका अध्यक्ष धीरबहादुरकी श्रीमती इला शिक्षण पेशामा संलग्न छिन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै