Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीकाे अपहरण

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका

User Photo आइतवार, पुस ६, २०७६
काठमाण्डाै ।

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिए ।

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ, यद्यपि खुलेको छैन । सहायक प्रजिअ क्षेत्रीले अनलाइनखबरसँग भने, ‘कसले अपहरण गर्‍यो, कता लग्यो भन्ने खुलेको छैन, अपहरणको सूचना पाएपछि बुझ्दै छौं ।’

यसअघि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेका थिए ।

गाउँपालिका अध्यक्ष धीरबहादुरकी श्रीमती इला शिक्षण पेशामा संलग्न छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.