Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

रौतहटमा नगरपालिकाको कार्यालय परिसरमा राखिएकाे बम नेपाली सेना द्वारा डिस्पोज

लगातार दुई घण्टाको प्रयासपछि बम निष्क्रिय

User Photo बुधबार, पुस ९, २०७६
काठमाण्डाै ।

रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए ।

बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले सो स्थानलाई घेरा हालेका थिए ।

झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रेसरकुकरमा मोबाइल जोडिएको देखिएकोले नेपाली सेनाले निष्क्रिय बनाउने तयारी गरेपछि प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ ।

प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीयहरु त्रसित बनेका थिए । करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय गरिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.