Naya Media
सोमवार, बैशाख २१, २०८३
| | May 4, 2026
सोमवार, बैशाख २१, २०८३

बी एण्ड सी मेडिकल कलेजका सञ्चालकको आरोप, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

काठमाडौँ। बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको उनले बताएका हुन् ।

ायोगको उपध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो तहका कर्मचारीलाई मोटो रकम बुझाउन पर्ने भन्दै उनले २० करोड रुयैयाँ मागेको सञ्चालक प्रसाईंले बताएका छन । यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ । ‘उपाध्यक्ष गिरीले बी एण्ड सी मेडिकल कलेजको १० प्रतिशत सेयर समेत माग गरेका थिए,’ उनले भने, ‘मेरो ज्वाइँ पनि झापाली हुनुहुन्छ, उहाँलाई १० प्रतिशत सेयर दिनुपर्छ भने ।’

सम्मेलनमा पत्रकारहरुले २० करोड मागेको प्रमाण के छ भनेर प्रश्न गर्दा ‘प्रसाईंले मोवाइलमा एसएमएस समेत लेख्न नसक्नले कसरी रेकर्ड राख्नु ? सँगै फेसटु फेस कुराकानी उहाँसँग गरेपछि थाहा हुन्छ,’ सञ्चालक प्रसाईंले भने ।

यता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । त्यसबारे आफूलाई केही पनि थाहा नभएको बताउँदै उनल भने, ‘जिम्मेवार व्यक्ति हावाको भरमा बोल्न हुँदैन, प्रमाणको आधारका बोल्नुपर्छ ।’ उनले आफूले घुस मागेको प्रमाण पेश गर्न पनि प्रसाइलाईं चुनौती दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.