
नदीजन्य वस्तुकाे अवैध उत्खनन विरूद्ध उभिदा एक युवककाे हत्या भएकाे छ । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको हाे ।
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरियाे ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको बताए ।
महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यही उनीमाथि टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।
मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ । चालकको नाम भने प्रहरीले खुलाएको छैन । यसैबीच घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले चक्काजाम गरेका थिए । यद्यपि, प्रहरीले अवस्था नियन्त्रणमा लिएर सवारी आवागमन सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द