Naya Media
मङ्लबार, साउन १२, २०८३
| | July 27, 2026
मङ्लबार, साउन १२, २०८३

टाउको काटिएको अवस्थामा महिलाको शव फेला

शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु पनि

User Photo बुधबार, माघ १, २०७६
सुनसरी ।

सुनसरीको वराहक्षेत्र नगरपालिका- १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ ।

सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुन सकेको छैन ।

पहिचानका लागि अनुसन्धान गरिरहेको प्रहरीले लेनदेनको विवादमा महिलाको हत्या भएको हुनसक्ने बताएको छ । विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो ।

चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको डीएसपी शर्माले बताए । अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ । केही दिनअघि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.