Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

संगै रक्सी पिएर आफ्नै साथिकाे छुरा प्रहार गरी हत्या

दुई किशोर प्रहरी नियन्त्रणमा

User Photo बिहिबार, माघ ९, २०७६
काठमाण्डाै ।

भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार, यही विवादमा आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प्रहरी नायब उपरीक्षक तथा महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कुमाविक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार, अहिले दुई किशोरमाथि अनुसन्धान भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.