चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घूस सहित पक्राउ

पैसा लिनका लागि आफ्ना चालकलाई पठाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख
सोमवार, माघ २०, २०७६, काठमाण्डाै । 

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवारज पौडेल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियारको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित चन्द्रागिरी-१२स्थित वलम्बु च्याउ सहकारी अगाडि जाँदै गर्दा पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकम मध्येबाट अधिकृत पौडेलले घूस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले स्टिंग अपरेशन चालेको थियो।

अधिकृत पौडेलले घूस वापतको पैसा लिनका लागि आफ्ना सवारी चालक सञ्चित दुलालाई पठाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै