Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

रगतमा लत्पतिएको अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीकाे उपचारकाे क्रममा मृत्यु

निवासमा रगतले लत्पतिएर अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि तत्काल स्टार अस्पताल लगिएको थियो

User Photo सोमवार, माघ २७, २०७६
काठमाण्डाै ।

पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ । सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘स्टार अस्पतालका चिकित्सकहरुले कार्कीको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् ।’

सोमबार बिहान सानेपास्थित निवासमा रगतले लत्पतिएर अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि तत्काल स्टार अस्पताल लगिएको थियो ।

अचेत अवस्थामा फेला परेकी उनीसँगै कामदार विजय चौधरी मृत फेला परेका थिए । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.