Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

कामदारले नै पूर्वसचिव पत्नी मुनाको हत्या गरेकाे आशंका

पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ- प्रहरी

User Photo सोमवार, माघ २७, २०७६
काठमाण्डाै ।

ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ । अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । ‘प्रारम्भिक अनुसन्धानले पूर्वसचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ’, ती अधिकृतले भने ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो । तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ । ‘अहिले मुचुल्का गर्दैछौं’, ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.