Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

नग्न अवस्थामा भेटिएको महिलाकाे शव हत्यापछि फालिएको पुष्टि

दुवै जना सँगै माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेका थिए

User Photo बुधबार, फाल्गुन ७, २०७६
काठमाण्डाै ।

ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका छन् । ललितपुरतिर ल्याउँदैछौं ।’

यसअघि ४ असोजमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो ।

फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।

उनीहरु पतिपत्नी भएको जनाइएको छ । यद्यपि, हत्या कसरी भयो भन्ने खुलिसकेको छैन । हालसम्म हत्याको कारणबारे पनि प्रहरीले खुलाएको छैन ।

‘यहाँ ल्याइसकेपछि मात्र हत्याको कारणबारे सोधपुछ सुरु हुन्छ’, राईले भने, ‘मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टले बताउनेछ ।’ हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.