कालो झण्डा

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ

नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास
सोमवार, फाल्गुन १२, २०७६, काठमाण्डाै । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशस्तरीय कार्यकर्ता भेला र कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सोमबार दिउँसो प्रधानमन्त्री ओली पोखरा गएका थिए ।

पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाउने प्रयास गरेका हुन् ।

उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा ६ जना विद्यार्थी नेता रहे पनि उनीहरुको नाम सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ ।

सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा आयोजना हुँदैछ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै