Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ

नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास

User Photo सोमवार, फाल्गुन १२, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशस्तरीय कार्यकर्ता भेला र कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सोमबार दिउँसो प्रधानमन्त्री ओली पोखरा गएका थिए ।

पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाउने प्रयास गरेका हुन् ।

उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा ६ जना विद्यार्थी नेता रहे पनि उनीहरुको नाम सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ ।

सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा आयोजना हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.